सक्रिय हुने राष्ट्रपतिको पहिलो योजना असफल, दोस्रो योजना तयार

 काठमाडौं,१८ साउन जेठ १४ पछिको अन्यौलातालाई चिर्न राष्ट्रपति डाक्टर रामबरण यादवको सक्रिय हुने पहिलो योजना असफल भएको खुलासा भएको छ । सरकारले संविधान सभाको निर्वाचनका लागि पेश गरेका दुईवटा अध्यादेशको वाहाना बनाएर प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई नैतीक संकटमा पार्ने र सक्रिय भएको आभास दिलाउने योजना राष्ट्रपतिको योजना थियो ।
तर, निर्वाचन आयोगले संविधानसभाको चुनाव हुन नसक्ने घोषणा सहित सरकारलाई अर्को चुनावको मिति तोक्न पत्राचार गरेपनि राष्ट्रपतिको योजना असफल भएको राष्ट्रपति कार्यालयका एक अधिकारीले खुलासा गरे ।
 
निर्वाचन आयोगले साउन ७ गते कानुन बनाउन आग्रह गरेपनि सरकारले नसकेपछि सोमबार निर्वाचन सम्भव नभएको बताएको थियो । सरकारले संविधानसभा निर्वाचन २०६९ सम्बन्धी अध्यादेश र निर्वाचनसम्बन्धी ऐन २०६९ लाई संशोधन गर्न छुट्टै अध्यादेश पारित गरि राष्ट्रपति कार्यालयमा पठाएको छ ।
अहिले पनि ती अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । राष्ट्रपति यादव दलहरुबीच सहमति गर्न सुझाव दिदै ती अध्यादेश फिर्ता पठाउने तयारीमा थिए ।