आजपनि युवा संघको चक्काजाम

 काठमाडौं,२२ साउन बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध सडकमा उत्रीएको एमाले युवा संगठनले आजपनि यातायात बन्द गराएको छ । युवा संघको  नेपालले गरेको चारघण्टा चक्काजामले उपत्यकाका तीनै जिल्ला ठप्प छन् ।
 
बिहान ६ देखि १० बजे सम्म उपत्यका भरीका चोकमा चक्काजाम गरिएको छ । चक्काजाम आजदेखि लगातार चार दिन सम्मे जारी रहने युवा संघका महासचिव निरज आचार्यले बताए । चक्काजाम भएपनि उपत्यका बन्द जस्तै सुनसान देखिएको छ । चक्काजामले शिक्षण सस्थाहरु पनि ठप्प छन् ।
 
संघको आह्वानमा भएको चक्काजामका कारण क्याम्पस हिँडेका विद्यार्थी फर्किनुपरेको छ । शैक्षिक संस्थाको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । युवा संघले बाबुराम भट्टराई सरकारको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
 
बानेश्‍वर चोकमा उत्रेका युवाहरुले एउटा गाडी तोडफोड गरेका हुन्।अहिले चोक चोकमा भेला भएका युवाहरुले यातायात बन्द गराएका हुन्। राजधानीका विभिन्न चोकहरुमा युवाहरु जम्मा भएर बन्द गर्न दवाव दिइरहेका छन्। परीक्षा लगायतका कारणहरु देखाउँदै उपत्यका बन्द १० बजेसम्ममात्र तय गरिएको छ।