नेपाली सेनामा आजबाट नयाँ नेतृत्व

काठमाडौं, २४ साउन नेपाली सेनामा आजबाट नयाँ नेतृत्व आउँदैछ । प्रधानमसेनापति छत्रमान सिंह गुरुङले आजबाट विदा लिनेभएपछि नयाँ नेतृत्वमा बलाधिकृत रथी गौरवशमसेर राणा आउनेछन् ।  

प्रधानसेनापति छत्रमानसिंह गुरुङ आफ्नो तीनबर्स कार्याल सकिनु एक महिनाअगावै बिदामा बस्न लागेपछि आजबाट बलाधिकृत रथी राणाले नेपाली सेनाको नेतृत्व गर्न भएका हुन । राणालाई प्रधानसेनापति गुरुङले बुधबार नै नेपाली सेनाको नेतृत्व हस्तान्तरण गर्नका साथै आवश्यक बरबुझारथ गर्न सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सरकारले आगामी शुक्रबारदेखि राणालाई कायम९मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरे पनि भोलि सार्वजनिक बिदा  परेकाले आज बुधबार नै राणालाई सैनिक नेतृत्व सुम्पन लागेका हुन । प्रधानसेनापनि गुरुङले आगामी २४ भदौमा अनिवार्य अवकाश पाउँदै छन ।

सो अवधिसम्म कार्यवाह जिम्मेवारी सम्हाल्ने र २४ भदौबाट राणाले प्रधानसेनापतिको औपचारीक कार्यभार सम्हाल्ने छन् ।  २०३१ सालमा सहायक सेनानी ९सेकेन्ड लेफ्टिनेन्ट० बाट नेपाली सेनामा प्रवेश गरेका राणा गत वर्षमात्र रथीमा बढुवा भएका थिए ।

पाँच वर्षअघि उपरथीमा बढुवा भएपछि उनले पश्चिम पृतनापति र व्यवस्था तथा युद्धकार्य महानिर्देशकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । राणाको बढुवापछि रिक्त रथीमा हाल व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी नेत्रबहादुर थापा बढुवा हुने भएका छन् । उनी नेपाली सेनाको इन्फेन्ट्रीतर्फका सबैभन्दा वरिष्ठ उपरथी हुन् ।