दाहालले खर्च दिने वैद्यलाई

काठमाडौ, श्रावण २६  कुरो केही दिन अघिको हो, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(माओवादी अध्यक्ष मोहन वैद्यबीच लाजिम्पाटमा भेटवार्ता भयो । प्रसंग थियो, पार्टी फुटे पनि आपसमा नलड्ने समझदारी गर्ने । कुरा चल्दै गर्दा वैद्यले दाहाललाई सोधे, विश्वासजी ९प्रचण्डको पुरानो नाम० पार्टी कसरी चल्दैछ रुु औपचारिक रूपमा पार्टी विभाजनपछिको कुरा थियो त्यो । अर्काको मनोविज्ञान बुझ्न खप्पिस दाहाल मुसुक्क हाँसे ।  हाम्रो पार्टी त

राम्रै चलेको छ । तपाईहरू गएपछि अभाव खट्किएको भए पनि अरू खास समस्या छैन । वैद्य एकक्षण चुप बसे । फेरि दाहालले सोधे, अँ, साँच्चै किरण ९वैद्य० जी तपाईको पार्टी कसरी चलिरहेको छ रुु वैद्यले सिधा जवाफ दिए, नयाँ पार्टी हो, धेरै कुरा मिलाउनै बाँकी छ । राम्रै चल्दैछ । वैद्यले यति भनेपछि केही सम्झेझै गरी प्रचण्डले हाँस्दै भने, नयाँ पार्टी चलाउन गाह्रै हुन्छ । पार्टी चलाउन खर्चबर्चको कस्तो व्यवस्था छ रु यदि पार्टी चलाउन अप्ठ्यारै परेको भए अप्ठ्यारो नमानी भन्नुहोला । पार्टी अलग भए पनि भावना त मिल्छ नि । वैद्यले हाल त्यस्तो कुनै समस्या नपरेको जानकारी दिए । त्यसपछि दुबैजना मुस्कुराए ।