चेपाङ बस्तीबाट फर्किँदै गरेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झन्डा, चितवन तनावग्रस्त, हस्तक्षेपको विरोधमा एमाले युवासंघद्धारा बन्दको आह्वान

प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै एमाले निकट युवासंघले चितवनको नारायणगढ बजार बन्द गराएको छ । प्रर्दशनमा उत्रिएका युवा संघका कार्यकर्ताले एक दर्जन सवारी साधन तोफोड गरेका छन् । अहिले नारायाणगढ बजार तनाव ग्रस्त छ ।

 

नेपालको एक राष्ट्रिय दैनिकी प्रत्रिका नागरिकको अन्लाईन समाचारमा लेखे अनुसार चेपाङ बस्तीबाट चितवन फर्किँदै गरेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झन्डा देखाएपछि प्रहरीले हस्तक्षेप गरेको छ।

 

प्रहरी हस्तक्षेपमा परी युवा संघका विदेश विभाग सदस्य सुरज तिवारीसहित ५ जना घाइते भएका छन्। चितवनमा अहिले ढुंगामुडा जारी छ। 


हस्तक्षेपको विरोधमा एमाले युवा संघले तत्कालदेखि लागू हुने गरी चितवन बन्दको आह्वान गरेको छ। युवा संघका महासचिव निरज आचार्यले भिडन्त भइरहेको जानकारी आएको बताए।