मोटोपना शरीरका लागि मात्र नभई दिमागका लागि पनि उत्तिकै हानिकारक हुन्छ भन्ने तथ्य पत्ता लागेको छ । बेलायतको न्यूरोलोजी पत्रिकामा प्रकाशित नयाँ सोध विवरण अनुसार मोटोपनका कारण दिमागको सोच्ने क्षमता कमजोर हुने गर्छ । तर यस्तो रोगका सबै विरामीलाई डिमेन्सियाको दायरामा भने राख्न नसकिने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यसमा मधुमेह, उच्च रक्तचाप जस्ता रोग पनि कारक हुने बताइएको छ । १० वर्ष लगाएर गरिएको यो सोधमा ३५ देखी ५५ वर्ष उमेरका ६ हजार बेलायतीलाई सामेल गराइएको थियो । वैज्ञानिकहरुले मोटा मानिसमा मेटाबोलिजम् पनि असन्तुलित हुने हुंदा सामान्य मानिस भन्दा उनीहरुको सोच्ने क्षमतामा गिरावट आउने बताएका छन् ।



