नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज

 काठमाडौं, १७ भदौ राजनीतिक संकटका विषयमा आधिकारीक धारणा तय गर्न र पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।बैठकमा बोल्नको लागि नाम टिपाएका ३६ मध्ये २० जनाले आफ्नो धारणा राखिसकेका छन्  ।

विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्तावमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नेछन् ।

 काङ्ग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडुका अनुसार वर्तमान राजनीतिक सङ्कट समाधानको लागि पार्टीको भूमिकाको बारेमा सबै केन्द्रीय सदस्यहरुले भनाइ राखिसकेपछि महामन्त्री सिटौलाको प्रस्ताव संसोधनसहित पारित हुनेछ ।

पार्टीको साङ्गठनिक सुदृढिकरण, आन्तरिक समस्या समाधान लगायका विषयमा पनि केन्द्रीय सदस्यहरुले बैठकमा बोलिरहेका छन् । केन्द्रीय समितिको बैठक सुरु भएपछि आज चौथो पटक बैठक बस्न लागेको हो ।