सहकारी निवारण मन्त्री ढकालको हतियार कारोवारीसँग साँठगाठ

काठमाडौ । सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालको पार्टी फुटको संघारमा पुगेको छ। पार्टीमा क्रियाशिल हुन क्रिश्चियन बन्नुपर्ने र चर्चको सदस्यता लिनुपर्ने अनिवार्य गर्ने आन्तरिक सर्कुलर गरेसँगै विवादमा तानिएका ढकालले उनका विरुद्ध आवाज उठाउनेहरुलाई पार्टीमा नरहने गरि कार्वाही गरेको गोप्य पत्र पठाएर पार्टी एकलौटी बनाउने प्रयास गरेको सो पार्टीका असन्तुष्ट नेता कार्यकर्ताहरुले आरोप लगाएका छन्। तीनदिन सम्म पार्टीका नेता कार्यकर्ताहरु धर्नामा वसेर मागको सुनुवाई गर्न दवाव दिएपनि उल्टो कार्वाहीको पत्र थमाउन खोजेको भन्दै उनीहरु थप आक्रोशित भएका छन्।


असन्तुष्ट समुहका नेता परिवार दलका केन्द्रिय सदस्य विद्याप्रसाद शर्माले पार्टी र धर्मलाई अलग गर्नुपर्ने माग राख्दा आफहरुमाथि कार्वाहीको नाटक रचिएको बताउनुभयो। तर आफुहरु पनि दोस्रो चरणको आन्दोलन अन्तर्गत ढकालको भ्रष्टाचार र कुकर्महरुको भण्डाफोर गरेर गाउँगाउँसम्म पुग्ने बताउनुभयो। त्यति गर्दा पनि सुनुवाई नभए बहुमत सदस्य जुटाएर पार्टी सम्हालने नभए ४० प्रतिशत पुर्याएर नयाँ पार्टी खोल्ने अभियानमा लागेको शर्माले बताउनुभयो। चर्चको सदस्य हुनैपर्ने विधानमा नभएपनि यसलाई लागु गराउन खोजेपछि परिवार दल अहिले फुटको संघारमा पुगेको यसका सदस्यहरुको बुझाई छ।


दक्षिण कोरियाको सन म्याड. मुन र युनिफिकेसन चर्चको पैसाबाट चल्ने परिवार दल नेपालमा युनिभर्सल पिस फेडरेसन नामको छाता संगठन अन्तर्गत संचालित छ। दक्षिण कोरीयामा नै विवादास्पद छवि भएका मुनको यहि सेप्टेम्वर तीन तारिखमा मृत्यु भएको छ। उनै मुनलाई विशिष्ट व्यक्ति र शान्तिका अग्रदुत भन्दै ढकालहरुले यहाँ प्रचार गर्ने गर्थे। सो प्रचार गराउन मुनको संस्थाले नेपालमा करोडौ रुपैयाँ खन्याएको थियो। यसको धेरथोर हिस्सा नेपालका सबै राजनीतिक दलका नेता कार्यकर्तादेखि पत्रकारहरुको ठूलै तप्कासम्मले पाएको थियो। प्रसासक, सुरक्षाअंगका विशिष्टहरुदेखि समाजका सबै अंगका व्यक्तिहरु ढकालको चास्नीमा एकपटक नडुव्ने कमै छन्। यसै कारण उनी विभिन्न नाममा