दोस्रो चरणमा सामायेजन रोजेपनि स्वेच्छिक अवकासमा जान चाहने माओवादी लडाकूहरुको विदाई आजदेखि सुरु

काठमाडौं  । दोस्रो चरणमा सामायेजन रोजेपनि स्वेच्छिक अवकासमा जान चाहने माओवादी लडाकूहरुको विदाई आजदेखि सुरु भएको छ ।

 

विदा हुने लडाकुहरुलाई उनीहरुको तह अनुसार ५ देखि ८ लाख रुपैयाँको चेक दिएर विदाई गरिनेछ । दोस्रो चरणको वर्गीकरणमा समायोजन राजेर शिविरमा बस्दै आएपनि शैक्षिक योग्यता, उमेर लगायतका योग्यता नपुगेपछि धेरै लडाकुहरु स्वेच्छिक अवकाश रोज्न बाध्य भएका थिए ।

एक हजार ४ सय ६३ लडाकुहरुलाई चेक हस्तान्तरण गरि विदाई गरिने सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिए ।

 

समायोज प्रक्रिया अन्तरगत अहिलेसम्म एक सय लडाकुले अधिकृत स्तर र १ हजार ५ सय ६० जनाले सो भन्दा तल्लो तहमा फारम भरेका छन् । शारिरीक परिक्षण सकिएकाले अब लिखित परिक्षा बाँकी रहेको छ ।

 

– RSS