काठमाडौं,३१ भदौ प्रमुख राजनीतिक दल सहमति जुटाउन असफल भएप्छि राष्ट्रपति डाक्टर रामबरण यादव दलहरुलाई सहमतिका लागि दवाव दिने अभियानमा जुटेका छन् । राष्ट्रपति डा। रामवरण यादवले आज आइतबार चार दलका शीर्ष नेताहरुलाई बोलाएका छन् ।
भदौ अन्तिमसम्ममा सहमति जुटाउँछौं भन्दै उठेका नेताहरुबीच गम्भीर छलफल नै हुन नसकेपछि राष्ट्रपतिले शीर्ष नेताहरुलाई बोलाएका हुन् ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बिहान ९ बजे राष्ट्रपति कार्यालय शितल निवास बोलाइएको छ ।



