एजेन्सी । रुसको सोयुज क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा १ सय २३ दिन बिताएर आज पृथ्वीमा फर्किएको छ । अमेरिकी अन्तरिक्ष कार्यक्रम नासाले २ रुसी र एक अमेरिकी अन्तरिक्ष यात्री काजाकिस्तानमा सुरक्षित अवतरण गरेको जनाएको छ ।
गत मे महिनामा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पुगेका अरु तीन अन्तरिक्ष यात्री भने अर्को महिना मात्रै फर्कने भएका छन् ।
गत वर्ष अमेरिकाले आफ्नो अन्तरिक्ष अभियान रोके पछि रुसको अन्तरिक्ष यान मात्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने एक मात्र माध्यम बनेको छ ।
Source: THE TIMES OF EARTH