निर्वाचन वाहेक अर्को विकल्प नभएको निस्कर्ष सुशील कोइराला

नेपाली काङ्ग्रेसले निर्वाचन वाहेक निकासको अर्को विकल्प नभएको निस्कर्ष निकालेको छ । आज बिहान सभापति सुशील कोइराला निवास महाराजगञ्जमा काठमाण्डुमा उपलब्ध केन्द्रीय सदस्यहरुको अनौपचारीक बैठकले संविधानसभा पुनःस्थापना सम्भव नभएकाले निर्वाचनमा जानुपर्ने निस्कर्ष निकालेको हो । काङ्ग्रेसले सरकारले भने जस्तो संविधानसभाको चुनाव सम्भव नभएको भन्दै संसदको चुनावमा जानुपर्ने पनि निस्कर्ष निकालेको केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिनुभयो । काङ्ग्रेसले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दावी नछाड्ने पनि बताएको छ । आजै प्रतिपक्षमा रहेका नेपाली काङ्ग्रेस र नेकपा एमालेले पनि छुट्टै छलफल गर्ने बताएका छन् ।