ईरानद्धारा भने गुगल र जिमेल सेवामा प्रतिवन्ध

थुप्रै मुस्लिम राष्ट्रहरुमा ईस्लामको अपमान गरिएको भन्ने अंग्रेजी चलचित्र बिरुद्धको प्रदर्शन जारी रहँदा ईरानले भने गुगल र जिमेल सेवामा प्रतिवन्ध लगाएको छ ।

 

इनोसेन्स अफ मुश्लिम्स् नामक चलचित्रको विरोधमा विश्वका मुस्लिमहरुबीच हिंसात्मक प्रदर्शन चर्किदै जांदा इरानले ईमेल सेवाहरुमाथि प्रतिबन्ध लगाएको हो । ईरानमा केही पश्चिमा वेभसाईटहरु पहिलेदेखी नैं प्रतिवन्धीत छन् ।

 मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरिएको भनिएको चलचित्र ईनोशेन्स अफ मुस्लिम्सका दृष्यहरु गुगलकै भिडियो शेयरिङ वेभसाईट यु ट्युबमा राखिएको छ ।

 

ईरान सरकारले यी वेभसाईट र जीमेल सेवामाथि लगाएको प्रतिवन्धबारे आफ्ना  सबै नागरिकलाई मोबाईलमा एसएमएस मार्फत जानकारी गराएको थियो । ईरानका केही अधिकारकर्मी तथा ब्लग स्तम्भकारहरुले भने सरकारको यो निर्णयको निन्दा गरेका छन् । उनीहरुले सरकारको पछिल्लो कदमलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भनेका छन् ।

 

– Agencies