यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका सर्जेइ हारोक र अमेरिकाका डेभिड वाइनल्याण्डलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । विद्युत र पदार्थको अति आधारभूत तहको क्षेत्रमा गरेको योगदानको कदर स्वरुप उनीहरुलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
ती २ ले विद्युत र पदार्थको आधार मानिने एकल फोटोन र आइकनको क्षेत्रमा अनुसन्धान गरेका थिए । यसबाट सञ्चार प्रणाली र गणनाको आधुनिक प्रणाली अगाडि वढाउन मद्दत पुग्छ । पुरस्कारको राशी १ दशमलब २ मिलियन डलर रहेको छ ।



