उनी कानुनमा गोल्ड मेडलिस्ट स्नातक थिए । स्वर्गीय ढुङ्गाना राष्ट्रिय पञ्चायतको उपाध्यक्ष, अन्तर्राष्ट्रिय विद्यार्थी यूनियनका अध्यक्षका साथै काठमाडौँ महानगरपालिकाको प्रमुखसमेत रहेका थिए ।
उनी अमेरिकाका लागि नेपाली राजदूत, न्याय परिषद्का सदस्य तथा सर्वोच्च वार एसोसिएसन र नेपाल वार एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका थिए ।
उनीको पार्थिव शरीरलाई बिहानैदेखि बार एसोसिएसनको भवन परिसरमा दिउँसो १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो।
स्व ढुङ्गानाप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, प्रधानन्यायाधीश खिलराज रेग्मी, महान्यायाधिवक्ता मुक्ति प्रधान, नेताहरु ईश्वर पोखरेल, विद्यादेवी भण्डारी, अर्जुननरसिंह केसी, जनार्दन शर्मा, न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वकिललगायत सर्वसाधारणको बार भवन परिसरमा उपस्थिति थियो।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल बार एसोसिएसनका महासचिव विजयप्रसाद मिश्रले जानकारी दिएभयो। स्व. ढुङ्गानाको श्रीमती, दुई छोरा र दुई छोरी छन् । रासस



