एमालेका वरिष्ठ नेता नेपालले मुलुकको समस्याको मूल कारण एमाओवादी भएको बताएका छन् ।
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन आश्रति स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयले बुधबार गोठाटारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति निवास शीतलनिवासमा असोज मसान्तसम्म समस्या समाधान गर्छौं भनी झुट बोलेको उनको भनाइ थियो ।
लडाकुका नाममा समेत एमाओवादीले रु १७ अर्बभन्दा बढी भ्रष्टाचार गरेको भन्दै नेपालले सत्ताको निम्ति माओवादीले सहमति र संविधान त्यागेको बताए ।



