महान चाड बडा दसैंको अवसरमा कांग्रेस र एमालेद्धारा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त

काठमाडौ  – कांग्रेस सभापति सुशील कोइरालार एमाले अध्यक्ष झलनाथ खनालले नेपालीमात्रको महान चाड बडा दसैंको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । कोइरालले दसैंलाई सांस्कृतिक पर्वका रुपमा चित्रित गर्दै अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वले नेपालीलाई दिने बताएका छन् । विज्ञप्तिमा नेपालीहरुले यो पर्वलाई पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उल्लेख छ ।


हाम्रा चाड-पर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै मुलुकका समस्याहरुको उचित समाधान गरेर- देशमा दिगो शान्ति कायम गर्ने, राष्ट्रिय हितको संवर्द्धन गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई सबैले आ-आ