कांग्रेसका सभापति सुशील कोईरालाले गृहनगर नेपालगञ्जमा दसैंको टीका ग्रहण गरे

नेपालगञ्ज  । नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले आफ्नो गृहनगर नेपालगञ्जमा दसैंको टीका ग्रहण गरेका छन् । नेपालगञ्जको आदर्शनगर स्थित कोईरालाकी दिदी आभादेवी शर्माको हातबाट आज ११ बजेर २९ मिनट जाँदा सभापति कोईरालाले दसैंको टीका ग्रहण गरेका हुन् ।


टीका लगाउन दिदीका घरमा पुगेका कोईरालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बडादसैंले मुलुकमा अमन चयन र शान्ति स्थापना गर्न सफल होस् भन्ने शुभकामना दिए ।

कोईरालाका दिदी आभादेवी शर्माले भने सभापति कोईरालालाई भावी प्रधानमन्त्री बन्ने आशिर्वाद दिएको बताएकी छिन् । दिदी शर्माले सुशील कोईरालालाई बिपी कोईराला जस्तै बन्न शुभकामना दिंदै सान्दाजुको बाटोमा लाग्न कोईरालालाई सुझाव दिइन् ।


दशैं मनाउन नेपालगञ्ज पुग्नु भएका कोईरालासँग टीका लगाउन कोईराला निवासमा कार्यकर्ताहरुको भीड लागेको छ ।

 

– RSS