काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमितकोलागी भन्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसामू दुई प्रस्ताव प्रस्तुत गरेका छन् ।
एमाले संसदीय दलको कार्यालय सिहदरवारमा भएको भेटवार्तामा प्रचण्डले संविधानसभा पुनःस्थापना गरेर सहमति भएको विषय समेटेर संविधान जारी गर्ने विषयमा एमाले र काग्रेस सहमत भए नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गर्न आफूहरु तयार रहेको र त्यस अवस्थामा बाँकी विवादित विषयहरु रुपान्तरित संसदले टुङग्याउने गरी अघि बढ्ने वा सिधै निर्वाचनमा जाने भए प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिएर जानु पर्ने प्रस्ताव गरेका थिए ।
खनालले प्रचण्डको प्रस्तावमा कुनै नयाँ पन नभएको भन्दै पहिला सहमतिको सरकार गठन गरेर अघि बढ्न तयार रहे मात्रै कुनै पनि सहमतिमा पुग्न सकिने भन्दै प्रस्तावलाई अस्विकार गरि दिएका थिए ।
उनलेले सरकार परिवर्तन भए पछि मात्रै सहमति हुने अडान राख्दै सहमतिको सरकार गठनको बाटोमा अघि बढ्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए ।
भेटमा प्रचण्डले संविधानसभा पुनस्थापना निकासको छोटो बाटो भएको भन्दै त्यसैबाटोबाट सहमति खोज्नु पर्ने धारणा पनि प्रस्तुत गरेका थिए ।
जसमा खनालले पहिला सहमतिको सरकार गठन गरेपछि मात्रै अन्य विकल्पमा जान सकिने भन्दै सरकार परिवर्तनको अडान राखेका थिए ।
यद्यपि उनीहरुबीच तिहारअघि नै निकास खोज्ने गरी प्रयास गर्ने सहमति भने भएको छ । निर्वाचनको पक्षमा अडान राख्दै आएका खनालले सरकार परिवर्तन गर्न माओवादी तयार रहेसंविधानसभा पुनःस्थापना र चुनावका दुई विषयमा विकल्प खुला राखेर सहमति खोज्ने विषयमा सहमति जनाएका थिए । बैठकमा सहभागी एमाले बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डको प्रस्तावमा पार्टीमा छलफल हुने जानकारी पत्रकारहरुलाई दिएका थिए ।
प्रचण्डले सहमतिकोलागी भोलि तीनदलको बैठक बसाउने विषयमा पूर्व तयारी स्वरुप छलफल गरेका हुन । उनले आजै काग्रेस सभापति सुशिल कोइरालालाई पनि भेटदैछन ।
रासस