नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले विस्तृत शान्ति सम्झौतादेखि विगतमा पटकपटक भएका सहमतिको कार्यान्वयनमा एमाओवादी इमान्दार भएको भए मुलुकको राजनीतिमा अहिले यो अविश्वासको वातावरण सिर्जना हुनै नसक्ने दावी गरेका छन् ।
उनले आफू संविधानसभाको पुनःस्थापनाका लागि कुनै पनि हालतमा तयार नभएको र ताजा जनादेशमा जानुपर्नेमा जोड दिँदै आज बस्ने पार्टीको बैठकले यसबारेमा ठोस निर्णय लिने बताए ।
नेपाली काँग्रेसका नेता सुवर्ण शम्शेरको स्मृतिमा सुवर्ण स्मृति परिषद्द्वारा आज यहाँ आयोजित



