राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारको विस्थापन, राष्ट्रिय सहमतिको सरकारको निर्माण र सोहीमार्फत् संविधानसभाको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका दलहरुले आन्दोलनको कार्यक्रमको समर्थन गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी आफ्नो पार्टीले सङ्घीयताको खारेजी तथा जातीय तथा क्षेत्रीय सद्भाव कायम गर्नका लागि सुरुदेखि नै सङ्घर्ष गर्दै आएको सन्दर्भमा अन्य विपक्षी दलले आन्दोलन घोषणा गरेकामा स्वागत र समर्थन गरे ।



