नेपाल टेलिकमद्धारा काठमाडौ उपत्यकामा वाईम्याक्स उच्च गतिको ईन्टरनेट सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमले आजदेखि काठमाडौ उपत्यकामा वाईम्याक्स उच्च गतिको ईन्टरनेट सेवा शुरु गरेको छ ।

 

 ताररहित यो सेवा शुरुमा सरकारी, गैरसरकारी संस्था, ब्यापारिक प्रतिष्टान, कुटनीतिक नियोग, शैक्षिक प्रतिष्ठान र अस्पतालहरुलाई प्रदान गरिने भएको छ ।

 

ब्यक्तिगत सेवाग्राहीहरुलाई भने केही पछि यो सेवा दिईने टेलिकमले जनाएको छ । यो सेवा चौथो पुस्ताको ताररहित प्रविधिमा आधारित भएको टेलिकमले जनाएको छ । टेलिकमको एडीएसएल सेवा लोकप्रिय भएपछि ताररहति सेवा दिन टेलिकम अग्रसर भएको हो ।

 

– RSS