
दलहरुवीच लामो समयदेखि सहमति बन्न नसक्दा मुलुकमा गहिरिएको राजनीतिक र संबैधानिक संकट समाधानकालागी राष्ट्रपति डा रामबरण यादवले आफ्नो पहललाई निरन्तरता दिनु भएको छ ।
यसक्रममा भोली विहान साढे आठ बजेट राष्ट्रपतिले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई बोलाउनु भएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले सरकारले ल्याउन लागेको पूर्ण बजेटको विषयमा सहमति जुटन नसकेपछि कामचलाउ बजेट ल्याउने सँगै राजनीतिक गतिरोध अन्त्यको विषयमा शिर्ष नेताहरुलाई ठोस पहल गर्न आब्हान गर्नु हुने छ ।
यसअघि सरकारले बजेट ल्याउने तयारी गरे पनि राष्ट्रपतिको आग्रहमा केही दिनकोलागी पर सारिएको थियो ।
Source:Rss