एकीकृत माओवादीले आफ्ना अध्यक्षमाथी भएको आक्रमणका पछाडि ठुलो षड्यन्त्र भएको दावी

  काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्ना अध्यक्षमाथी भएको आक्रमणका पछाडि ठुलो षड्यन्त्र भएको दावी गरेको छ । एमाओवादीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्नी सापकोटाले आक्रमणलाई क्षणिक आवेग र अराजकताको रुपमा मात्रै लिन नमिल्ने बताए ।


अर्का नेता एवं एमावोदीका मगरात राज्य सम्मेलन आयोजक समितिका संयोजक लोकेन्द्र विष्टले आक्रमणको पछाडि ठुलै गिरोह रहेको बताए । उनले यसको आन्तरिक छानबिन समेत भैरहेको जानकारी दिए ।


 
एमाओवादीले शुक्रबार काठमान्डौको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बागलुङका पदम कुवँरले झापड हानेका थिए ।


कुवँर नेकपा