महासचिव बोहरा आज बैंकक जाने


काठमाडौं, मंसिर १० । एसियन विश्वविद्यालय खेलकुद महासंघको सातौं वार्षिक साधारण सभामा  भाग लिन  विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण सिंह बोहरा सोमबार थाइल्याण्ड जाने भएका छन् ।


आउदो मंगलबारदेखि (२७ तारिखदेखि २९ सम्म) तीन दिनसम्म एसियन विशवविद्यालय खेलकुद महासंघको साधारण सभा थाइल्याण्डको चाअममा बस्न लागेको हो । एसियाली राष्ट्रका विश्व विद्यालयमा खेलकुदको विकासका लागि कार्य गर्ने र नया सहयोगका लागि राष्ट्रहरुको चयन गर्ने तयारी स्वरुप सो साधारण सभा हुन लागेको हो । जसको सदस्य नेपालको विश्वविद्यालय खेलकुद संघ पनि हो ।

 

साधारण सभामा भाग लिने तयारीमा रहेका संघका महासचिव बोहराले सो साधारण सभामा नेपालका तर्फबाट आउदो चैतमा नेपालमा हुन लागेको विश्व विद्यालय खेलकुद महोत्सवका लागि प्रस्ताव राख्नुका साथै सहयोगका लागि अपिल गर्ने जनाए । उनले भने