कांग्रेस नेता भीमबहादुर तामाङको निधन/काग्रेंस नेताहरु नर्भिक अस्पतालमा

कांग्रेस नेता भीमबहादुर तामाङको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । करिब ७८ वर्षीय नेता तामाङको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।
राणा शासन तथा निरंकुश राजतन्त्र विरुद्ध लामो संघर्ष गरेका तामाङले आफ्नो लामो  राजनीतिक जीवन स्वच्छ राख्न सफल भएका थिए । कांग्रेस भित्र उनी इमानदार नेताका रुपमा परिचित थिए । उनी राजनीतिमा अहिले पनि सक्रिय थिए । उनी पार्टी केन्द्रीय सदस्य थिए । पूर्व कानून मन्त्री समेत भएका तामाङ पछिल्लो कांग्रेस महाधिवेशनमा सुशील कोइरला र शेरबहादुर देउवासंगै सभापति पदमा चुनवा समेत लडेका थिए ।
उनको निधनको खबरसंगै कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेता तथा कांग्रेसी कार्यकर्ताहरुको नर्भिक अस्पतालमा भिड लागेको छ ।