
अन्तरीक्ष अध्ययन केन्द्र नासाले चन्द्रमाको अध्ययनका लागि गत बर्ष अन्तरीक्षमा पठाएको दुई वटा उपग्रह नष्ट गरेको छ । एब्बे र फ्लो नामको अन्तरीक्ष यानले एक बर्षसम्म अन्तरीक्षमा रही चन्द्रमाको परिक्रमा गरेर त्यसको गुरुत्वाकर्षण क्षेत्रको समेत मापन गरेको थियो ।
वाशिङ मेशिन आकारका यी दुई उपग्रहले चन्द्रमाको तस्वीर पठाएको थियो । यी दुई उपग्रहको इन्धनमा कमी आएकाले नासाले उत्तरी ध्रुवनजिक रहेको चट्टानमा यसलाई ध्वस्त गरेको हो । यी उपग्रह एकापसमा तीन किलोमिटरको दूरीमा ३० सेकेण्ड भित्रमा नष्ट गरिएको हो ।
यसअघि यी उपग्रह अनिन्त्रित भई अपोलो लैंडिंगमा ठोक्किने सम्भावना रहेको बैज्ञानिकहरुले जनाएकोमा अब सो सम्भावना टरेको छ ।