मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्

काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी नेतृ करिमा बेगमले विजय गच्छदारको साथ छाडेकी छन् ।

 

पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आएकी पूर्व राज्यमन्त्री बेगम उपेन्द्र यादवको मधेसी जनअधिकार फोरममै फर्किएकी हुन ।

 

वीरगञ्जमा पत्रकार सम्मेलन गरी वेगमले गच्छदारको फोरमबाट यादवको फोरममा प्रवेश गरेको घोषणा गरेकी हुन । पत्रकार सम्मेलनमा उपेन्द्र यादव पनि उपस्थित थिए।

 

– RSS