देश असफलातर्फ उन्मुखः गुरुङ्ग

बुटवल टुडे संवाददाता
बुटवल, २७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्गले देश असफलता तर्फ उन्मुख भएको बताएकाछन ।  एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफैले  असारमा चुनाव नभएर मंसिरमा गर्ने भने गरिएको सहमती विपरित मंसिरमा हुने चुनावमा भाग लिन्नौ भनेर दिएको अभिव्यक्तीको कारण देश अराजकता तर्फ जान लागेको बताएका हुन । 
उनले पछिल्लो समयमा नेपालको जलस्रोतमा आखा गाडेर संघीयताको नाममा जातीय दंगा फैलाई छिमेकी देशमुलुकहरुले देशलाई असफल बनाउन तर्फ लागेको आरोप लगाए । उनले नेपालाई अहिले म्यानमार, युगान्डा तथा कंगो बनाउन तर्फ लागेको बताएका थिए । 
मंगलबार बुटवलमा रिर्पोटर्स क्लव लुम्बिनी शाखाले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै युवा नेता समेत रहेका गुरुङ्गले भने