राजविराज । २१ दिन अघि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले आज अनसन तोडेका छन् ।
भष्टाचारको अन्त्य, मधेशमा लोकसेवा आयोगका शाखा कार्यालय स्थापना लगायतका १० बँुदे मागसहित जिल्ला प्रसाशन कार्यालय सप्तरीमा आमरण अनसनमा बसेका तिवारीले सिंचाई तथा उर्जामन्त्री उमाकान्त झासँगको वार्तापछि अनसन तोडेका हुन् ।
मन्त्री झाले माग पूरा गर्ने पं्रतिवद्धता जनाएपछि तिवारीले अनसन तोडेका हुन् ।
RSS