पर्वतको सेतीवेणी खण्डमा कालीगण्डकी नदी किनारमा दुई युवा युवतीको शव फेला

कुस्मा  । पर्वतको सेतीवेणी खण्डमा कालीगण्डकी नदी किनारमा दुई युवा युवतीको शव फेला परेको छ ।

 

शालिग्राम गाविस मूलपानी भन्ने स्थानमा महिलाको घाँटीमा र पुरुषको कम्मरमा महिलाले ओढ्ने सलले बाँधिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ बर्षे पुरुष र अन्दाजी १९ बर्षीया जस्तो देखिने महिलाको शव फेला परेको हो ।


धेरै दिनको भइसकेकाले पहिचान गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । कुनै प्रेमी जोडीले एउटै डोरीमा बाँधिएर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

 

RSS