समुद्री स्तनधारी जीव डल्फिनले एकअर्कालाई बोलाउनका लागि सिट्ठी बजाउने नयाँ तथ्य पत्ता


 

 

मानिसको मित्र मानिने जीव डल्फिनबारे वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । स्कटल्याण्डको सेन्ट एन्ड्रज विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार समुद्री स्तनधारी जीव डल्फिनले एकअर्कालाई बोलाउनका लागि सिट्ठी बजाउने गरेका छन् ।

समुद्रमा रहने डल्फिनले एक अर्कालाई बोलाउन विशेष प्रकारको सिट्ठी बजाउने र सिट्ठीको आवाज पहिचान गरेका डल्फिनले समुद्रबाट बाहिर टाउको निकाल्ने गरेको शोधले देखाएको छ ।


अनुसन्धानका लागि वैज्ञानिकहरुले समुद्री सतहमुनि थरिथरीको ध्वनी रेकर्ड गरेको र सो ध्वनी बज्दा डल्फिनले सिट्ठी बजाएर प्रतिक्रिया दिने गरेको समेत जनाएका छन् ।


विशाल समुद्रमा एकैसाथ रहने गरेका डल्फिनहरुको क्षमता विकास तीब्र गतिमा हुने गरेको पनि शोधले देखाएको जनाइएको छ ।

 

Agencies