काठमाडौं । पूर्वी नेपालमा आज ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
भारतको सिक्किम केन्द्रविन्दु रहेको सो भूकम्पबाट भएको क्षतिबारे विवरण आइसकेको छैन ।
आज विहान ११ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस