नेकपा माओवादी दशै लगत्तै आन्दोलन गर्ने

नेकपा माओवादी विदेशीको दवावमा चुनाव गर्न लागेको निस्कर्ष सहित त्यसलाई सफल पार्न दशै लगत्तै आन्दोलन गर्ने भएको छ।
 
आफ्नो सहभागिता विना हुने चुनावले निकास नआउने सन्देश दिन रणनीतिक अभियान चाल्ने पनि निस्कर्ष तयारी भइरहेको माओवादीले जनाएको छ ।
हाम्रो सहमभागिता विना चुनाव भएपनि निकास आउँदैन भन्ने विदेशीले पनि बुझेका छन् हामीले त्यही सन्देशलाई बाहिर ल्याउनुपर्छ  माओवादी सचिव देव गुरुङले भने ।
माओवादी सचिव गुरुङले राजनीतिक मुद्दा स्थापित गर्ने काममा आफुहरु सफल भएको तर चुनाव असफल पार्न दशै लगत्तै आन्दोलन सुरु गर्ने रिपोटर्स नेपाल डटकमलाई बताए । उनले त्यसका लागि अहिले नेता कार्यकर्ता गाउँ पुगिसकेको पनि बताए ।
Source: Rss