एमालेले कोसी अञ्चलमा आधा क्षेत्र जित्ने दाबी

 एमालेले कोसी अञ्चलमा आधा क्षेत्र जित्ने दाबी गरेको छ ।विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि एमाले केन्द्रीय सदस्य एवं कोसी अञ्चल ईञ्चार्ज राजेन्द्र गौतमले ११ क्षेत्र जित्ने दाबी प्रस्तुत गरेका हुन् ।
 
कोसीमा २२ वटा निर्वाचन क्षेत्र छन् ।सुरुमा ४० प्रतिशत क्षेत्र जित्ने अनुमान गरेको एमालेले जित्नका लागि थप सुधार भएको दाबी गरेको छ । २०६४ सालको चुनावमा एमालेले कोसीबाट तीनवटा क्षेत्रमात्र जितेको थियो ।
केन्द्रीय सदस्य गौतमले कोसीमा आफ्नो प्रतिस्पर्धा कांग्रेससँग हुने बताए । एमाओवादीको त्रास अघिल्लो चुनावमाजस्तो नभएकाले तेस्रो स्थानमा चित्त बुझाउनुपर्ने गौतमको भनाइ छ ।
Source:Ekantipur