संविधानसभा सदस्य उपनिर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान गर्ने

काठमाडौं, जेष्ठ ९ । संविधानसभा सदस्य उपनिर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गर्दै असार ८ गते उपनिर्वाचन गर्ने जानकारी दिएको हो ।
गत संविधानसभा निर्वाचनमा दुई स्थानबाट विजय भएका सदस्यहरुले एक निर्वाचन क्षेत्रबाट राजीनामा दिएपछि चारवटा क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा विद्युतीय यन्त्रबाट मतदान गर्ने आयोगले जनाएको हो । RSS