काठमाडौं, आषाढ १२ । संविधानसभा अध्यक्ष सुवास नेम्बाङले आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित दीपक कुइँकेललाई शपथ दिलाएका छन ।
नयाँ बानेश्वरस्थिति संविधानसभा भवनमा अध्यक्ष नेम्बाङले नव निर्वाचित सभासद् कुइँकेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कुँइकेल असार ८ गते सम्पन्न संविधानसभा सदस्य उपचुनावमा नेपाली काँग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । IMAGEKHABAR