एमाओवादी बिबादले डोटीमा दुई कमिटी गठन, कार्यालय पनि दुई

पार्टीभित्र आन्तरिक बिबाद बढ्दै गएपछि एकीकृत नेकपा माओवादीको डोटीमा दुई कार्यालय र दुई समिति बनेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षका कार्यकर्ताले छुट्टाछुट्टै कार्यालय स्थापना गरेका छन् । प्रचण्ड पक्षले आफ्नो कार्यालय दिपायल सिलगढी नगरपालिका २ मा राखेको छ भने भट्टराई पक्षले दिसिनपा १ मा राखेको छ ।
गएको वैशाख १३ गतेदेखि १६ गतेसम्म डोटीको जोरायलमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनवाट पार्टीभित्र नेतृत्वको बिबाद सिर्जना भएपछि अहिले आएर दुई कमिटी गठन भएका हुन ।
नेता भट्टराई पक्षको नेतृत्व पूर्व केन्द्रीय सल्लाहकार मोहन बलमे गर्नुभएको छ भनेसंस्थापन पक्षको नेतृत्व त्रिलोचन भट्टले गर्नुभएको छ । नेता भट्टराई पक्षका नेता तथा कार्यकर्ताले अध्यक्ष प्रचण्ड पक्षले सम्मेलनमा धाँधली गरेको, २०७० मंसिरमा सम्पन्न अर्को संविधानसभाको निर्वाचनमा अन्तर्घात गरेको, पार्टीलाई अस्तब्यस्त पारेको आरोप लगाएका छन । प्रचण्ड पक्षकाले नेताले भने जनयुद्ध तथा शहीदलाई नस्वीकारेको गुटबन्दी गरेको आरोप लगाउँदै छन् ।
जिल्ला सम्मेलनबाट सर्वसम्मत जिल्ला कमिटी सदस्य चयन भएका नेता बमले गुटबन्दी गरेको र समानान्तर कमिटीमा बसेको भन्दै पोलिटब्यरो सदस्य तथा सेती महाकाली इञ्चार्ज पूर्णाकुमारी सुबेदी समेतको उपस्थितिमा भएको बैठकले समानान्तर कमिटीका अध्यक्ष ललित जोरालाई कारबाही गरेको र बमलाई कारबाहीका लागी सिफारिस गर्ने निर्णय गरेको प्रेश बिज्ञप्तीमार्फत जानकारी दिएको थियो । जवाफमा भट्टराई पक्षले एमाओवादीका डोटी जिल्ला अध्यक्ष त्रिलोचन भट्टलाई निस्कासन गर्ने निर्णय समर्थनका लागि माथिल्लो निकायमा अनुरोध गरी पठाउने निर्णय गरिएको प्रेश बिज्ञप्तीमार्फत जानकारी दिएको छ  ।
पार्टीका पूर्व केन्द्रीय सदस्य तथा डोटी जिल्ला ईन्चार्ज टिएम स्वाँरले जिल्ला सम्मेलनबाट चयन भएको कमिटी नै आधिकारिक भएको बताउनुभयो । स्वाँरले २