मतदानका क्रममा केही मतदाताका रोचक क्रियाकलाप देखिएका छन् । एमाले अध्यक्षका लागि प्रत्याशी रहेका माधव नेपाल र केपी शर्मा ओलीले अलगअलग प्यानल बनाएर चुनाव लडे पनि केही मतदाताले अध्यक्षको कोष्ठ खाली राखेर झलनाथ खनालको नाम लेखेका छन् ।
मतगणनास्थलमा खटिएका एक प्रतिनिधिअनुसार अहिलेसम्म ३४ जनाको मतपत्रमा झलनाथको नाम देखिएको छ। उनीहरुले मतपत्रमा रहेका दुवै प्यानलका अध्यक्षलाई मतदान नगरेर अध्यक्ष झलनाथ खनाल भनी लेखेका छन् ।