पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय समितिका पूर्वसदस्य सिद्धराज ओझाको निधन

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय समितिका पूर्वसदस्य सिद्धराज ओझाको निधन भएको छ ।
मिर्गौला तथा मुटु रोगबाट ग्रसित ७० वर्षका ओझाको उपचारका क्रममा बिहीबार राति त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
अन्तिम श्रद्धाञ्जलीका लागि ओझाको पार्थीव शरीर आज कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । उनको शरीरलाई बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म पार्टी कार्यालयमा राखिने कार्यालयमा मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
ओझाको आजै अन्तिम संस्कार गरिनेछ । ONLINEKHABAR