मानब निर्मित चिजहरुको एक रोचक जानकारी

शक्ती पिसी



यो विश्वमा मानब निर्मित अचम्म अचम्म लाग्ने विभिन्न खालका आकिर्तीहरु देख्न पाइन्छ। कतिपय त्यस्ता अचम्म लाग्ने मानब निर्मित चिजहरु तपाइहरुलाई पनि जानकारी होला। आज मैले एउटा त्यस्तै अचम्म पर्ने जानकारी तपाईहरु माझ राख्न चाहन्छु।



म रोचक जानकारीको लागि टोकियो Disneyland लाइ जोड्न चाहन्छु । यो जापानमा मात्र नभएर विश्व मै निकै लोकप्रिय छ। यसको स्थापना सन् १९८३ मा भएको हो। यहाँ घुम्न आउने मानिसको संख्या निकै बाक्लो हुने गर्छ । गत बर्ष यो Disneyland मा घुम्न आउनेको संख्या लगभग ८७ लाख थियो। यस Disneyland मा पर्बेश गर्नको लागि लगभग ६००० रुपैया तिर्नु पर्छ ।



जब तपाई टोकियो Disneyland पहिलो चटि जादै हुनुहुन्छ भने त्यहाँ भित्रका विभिन्न मानब निर्मित विकासहरु देखेर तपाई अचम्मै पर्नुहुने छ । सामान्यता टोक्यो Disneyland भित्र ७ प्रकारका विभिन्न खालका एरियाहरु निर्माण गरिएको छ। अहिलेलाई सबै बर्णन गरेर त साध्य नलाग्ला तर ति मध्ये केही रमाइला र अचम्म लाग्ने कुराहरु तपाई माझ जानकारी गराउदछु ।



टोकियो Disneyland भित्र एउटा “It’s a Small World” भन्ने एरिया छ जब तपाइँ एस ठाउमा प्रवेश गर्नु हुन्छ तपाइले कल्पना नै नगरेको कुराहरु देख्न पाउनुहुनेछ जस्तो कि विभिन्न खालका अकिर्ती अबम डलहरु विभिन्न इस्टाइलमा नाचेका खेलेका डुंगामा बसेर हेर्न पाउनुहुन्छ। यस्लाई ग्लोबल पिस संग जोड्ने पनि गरिन्छ। यस भित्रको एक झलक तल हेर्नुस् ।

 




टोक्यो Disneyland भित्र अर्को “Country Bear Theater” भन्ने एउटा हल छ। यस ठाउँमा तपाईले थरि थरिका भालु जस्ता ठुला ठुला गुडीयाहरू मिलेर गीत गाएको नाचेको देख्न सक्नुहुन्छ । यसका केही झलकहरु तल हेर्नुस् ।

 




त्यस्तै अर्को “Jungle Cruise” भन्ने एरिया छ जुन साच्चै नै अचम्मको छ। यो ठाउँमा घुमनको लागि डुंगा लगेर जानु पर्छ अनि डुंगा बाट साँचै झैँ लाग्ने जंगली जनावरहरु देख्न र भेट्न सकिन्छ । यो ठाउमा यात्रा गर्दा लाग्छ कि हामी सांचैको जंगल सफारीमा गैरहेका छौ । यसका केहि झलकहरु तल हेर्नुस् ।

 




टोक्यो Disneyland मा अर्को राम्रो हेर्न लाएक भनेको परेड हो । यो परेडमा भिन्न खालका झाँकी, अकिर्ती ठुला-ठुला अचम्म लाग्दा बाहन हरु परेड खेल्दै हिडेको देख्दा निकै रमाइलो अनुभूति हुदो रहेछ। यसको बारेमा केहि झलकहरु तल देखाएको छ हेर्नुहोस र आनन्दित हुनुहोस्:-

 




माथि उल्लेखित जानकारी एबम झलकहरु हेर्दा तपाइलाई कस्तो लग्यो त ? लागेन त अचम्म !!! हो बिकसित देशहरुमा आजभोली अनेक खालका अचम्म अचम्मका विकास एबम प्रबिधि विकास भैरहेका छन्। हाम्रो देश नेपालमा पनि त्यस्ता खालका विकास प्रबिधि देख्न पाइयोस !