काठमाडौँ २२ पुस । बालाजु औद्योगिक क्षेत्रको गेटमा रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो आज हटाइ उद्योगमन्त्री महेश बस्नेतको तस्वीर सहितको व्यानर टाँगिएको छ ।
तथाकथित युद्धकालिन झल्को दिनेगरी औद्योगिक क्षेत्र बालाजुको गेटमा २०६२-०६४ सालदेखि प्रचण्डको तस्वीर राखिएको थियो । यसअघि उक्त क्षेत्रमा माओवादी संगठनका झण्डा फहराइने गरेका थिए ।
उद्योगमन्त्री बस्नेत बालाजु औद्योगिक क्षेत्र पुग्दा स्थानीय करिब पाँच सय युवाले स्वागत गरे । उनीहरुले औद्योगिक क्षेत्रलाई राजनीतिकदलको क्रिडा स्थाल बनाउन नहुने माग गरेका थिए । बालाजु औद्योगिक क्षेत्रबाट तीन बर्ष अघि एमाओवादीको युवा संगठन, वाइसीएलको क्याप हटाइएको थियो ।
औद्योगिक क्षेत्रभित्र जग्गा दलालीलाई छाडिदैन । अवैधानीकरुपमा जग्गा ओगटेर बसेकाहरुलाई तत्काल हटाइन्छ