बाग्लुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा एकीकृत माओवादीले दिनानाथ शर्मालाई उम्मेद्वार बनाउने

बाग्लुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा एकीकृत नेकपा माओवादीले पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। 
शनिबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। 
 
कांग्रेस सभासद हरिबहादुर खड्काको जीप दुर्घटनामा निधन भएपछि आगमी चैत २८ मा सो क्षेत्रमा संविधानसभा सदस्यका लागि उप निर्वाचन हुन लागेको हो। सेतोपाटीमा समाचार छ ।