पोखरा – पोखरामा आइतबार साँझ सवा ६ बजे सामान्य भूकम्पको धक्का महसुस गरिएको छ । करिव ३ देखि ५ सेकेन्ड धक्का महसुस गरिएको हो । भूकम्पले जमिन हल्लिन थालेपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसको केन्द्र कास्की नै थियो । ईकान्तिपुरमा समाचार छ ।