गत वैशाख १२ गते गएको भूकम्पछि त्यसको परकम्पन जाने क्रम अझै रोकिएको छैन। मंगलबार साँझ यो समाचार तयार पार्दा सम्म तीन वटा परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
अहिले केहीबेर अगाडि अपरान्ह ४:४४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्पन गएको हो।
यसअघि बिहान ११ :२९ मा सिन्धुपाल्चोकलाईनै केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको परकम्पन गएको थियो। आजै बिहान ४:३४ मा दोलखालाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको परकम्पन गएको केन्द्रले जनाएको छ। सेतोपाटीमा समाचार छ ।