नेकपा एमालेका उपाध्यक्ष विद्यायदेवी भण्डारीको प्रमुख उपस्थिति एव्म उद्योगमन्त्री महेश बस्नेतको विशेष उपस्थितिमा भक्तपुरमा भूकम्प पिडीतलाई एक सय वटा घर टहरा हस्तान्तरण गरिएको छ ।
भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रम अन्तरगत उपाध्यक्ष भण्डारी र मन्त्री बस्नेतले घर टहरा हस्तान्तरण गर्नुभएको हो ।
उद्योगमन्त्री महेश बस्नेतले भूकम्प पश्चात् हुने पुर्ननिमार्ण तथा पुर्नवासका कार्यक्रम वैज्ञानिक र रचनात्मक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्प गएको अर्को दिनदेखि उद्वार, राहत र पुर्नवासमा युवा संघले देखाएको सशक्त भूमिकाको प्रशंसा गर्नुभयो ।