पञ्चायतकालीन सहायकमन्त्री कठायतको ९२ वर्ष उमेरमा जुम्लामा निधन

पूर्व कृषि तथा खाद्य आपूर्ति सहायकमन्त्री अदनसिंह कठायतको ९२ वर्ष उमेरमा वबहीबार बेलुका उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको छ। 
 
सोमबार एक्कासि मुटु दुख्ने रोग लागेपछि उहाँलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा साँझ मृत्यु भएको उनका छोरा राजु कठायतले जानकारी दिए। 
 
पञ्चायतकालीन राजनीतिबाट अगाडि आएका स्वर्गीय कठायतले आफ्नो महत्वपूर्ण समयको सुरुमा चन्दननाथ मिडिल स्कुलको स्थापना, २०२२ सालमा नेपाल रेडक्रस सोसाइटी जुम्लाको स्थापना, जुम्ला विमानस्थलका लागि ७० मुरी जग्गा दिएका थिए। उनी २०३२ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। रासस