अर्को ग्रहका मानिसबारे खोजी गर्न अहिलेसम्मकै ठूलो अभियानको सुरुवात

 प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङले एलियन (अर्को ग्रहका मानिस) बारे खोजी गर्न अहिलेसम्मकै ठूलो अभियानको सुरुवात गरेका छन्। 
अमेरिकी अर्बपति युरी मिलनरसँग मिलेर उनले यो अभियान थालेका हुन्। १० वर्षसम्म चल्ने यो अभियानमा पृथ्वीबाट नजिक रहेका लाखौं ताराहरुबाट आउने संकेतलाई सुनिने छ। 
१० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको अभियानको लण्डनको रोयल सोसाइटीमा उद्घाटन भइसकेको छ। 
उदघाट्न समारोहमा बोल्दै हकिंङले ब्रमाह्ण्डको कुनै ग्रहमा हामीभन्दा पनि बढी बुद्धिमान मानिसहरु हाम्रा क्रियाकलापको जानकारी पाइरहेको पनि हुन सक्ने बताए। मिलनरले प्रविधिको विकासले अर्को ग्रहबाट आएको संकेत सुन्न सकिने बताए। 
यो अभियानमा यसभन्दा पहिलाका अभियानमा भन्दा १० गुणा बढी आकाशलाई समेटिनेछ। अभियानका लागि संसारका सबैभन्दा शक्तिशाली दुई दुरबिनको प्रयोग गरिनेछ। एजेन्सी