मधेसी मोर्चाका ५ जिल्ला नेतालाई क्राउ

प्रहरीले मधेसी मोर्चाका ५ जिल्ला नेतालाई सोमबार पक्राउ गरेको छ । भखैरै मात्र पक्राउ गरेर उनिहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । 
संघीयता र सिमांकनको विरोधमा जिल्लामा भइरहेको आन्दोलनको अगुवाइ गर्ने फोरम लोकतान्त्रीकका जिल्ला अध्यक्ष अजय गुप्ता, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, तमलोपमाका अनिल सिंह, फोरम नेपालका रामकिशोर यादव र रामेश्वरप्रसाद यादवलाई गौर नगर क्षेत्रबाट पक्राउ गरेको हो । 
अनुसन्धानका लागि पक्राउ गरीएको डिएसपी सुधिरराज शाहीले जनाए । उनले भने, केही कुरामा सोधपुछ गर्न लागि पक्रेका हौं ।प्रहरीले के विषयको अनुसन्धान गर्न पक्राउ गरेको भन्ने विवरण भने गोप्य राखेको छ । ईकान्तिपुरमा समाचार छ ।