संविधानसभाको चौथो शक्ति राप्रपा नेपालले नेपालको संविधान २०७२ पारित गराउने विषयमा भएको मतदानमा विपक्षमा मतदान गरेको छ।
आफूले राख्दै आएको राजसंस्था, हिन्दु राज्य र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा संविधानसभाले अस्वीकृत गरेपछि राप्रपा नेपालले विपक्षमा मतदान गरेको हो।
राप्रपा नेपालका २५ जना सभासदले विपक्षमा मतदान गरेका हुन्। सेतोपाटीमा समाचार छ ।